Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
युरोपेली स्मार्टफोन बजारले सन् २०२४ को पहिलो त्रैमासिकमा उत्साहजनक संकेतहरू देखाएको छ, जसले लामो समयदेखिको मन्दीलाई झेल्दै ढुवानीमा वार्षिक १० प्रतिशत वृद्धि गरेको काउन्टरपोइन्ट रिसर्चले उल्लेख गरेको छ।
यो सन् २०२१ को तेस्रो त्रैमासिक पछिको पहिलो सकारात्मक वृद्धि भएको र यस क्षेत्रको लागी एक सम्भावित मोडको संकेत पनि गरेको जनाइएको छ।
टेक जायन्टहरु सामसङ, एप्पल र शाओमीले आफ्नो प्रभुत्व कायम राखेको छ। ७ प्रतिशत ढुवानी वृद्धिसँगै सामसङ ३२ प्रतिशत शेयरका साथ बजारमा अग्रस्थानमा उभिएको जनाइएको छ। साथै यो वृद्धिले गिरावटको अवधि पछि एक स्वागतयोग्य टर्नअराउण्डको संकेत गरेको र सम्भवतः तिनीहरूको एआई–संचालित ग्यालेक्सी एस२४ सिरिजको सफलताले यसलाई ड्राइभ गरेको हो।
पहिलो त्रैमासको अन्त्यमा नयाँ ए३५ र ए५५ मोडलहरूको लन्चले आगामी महिनाहरूमा सामसङको स्थितिलाई अझ बलियो बनाउन सक्ने थप उल्लेख छ।
अर्कोतर्फ, एप्पलले बलियो रुपमा बजार साझेदारीको २५ प्रतिशत हिस्सा होल्ड गरेतापनि ढुवानीमा १ प्रतिशतको सानो गिरावट अनुभव गरेको छ। यसको लागि आईफोनहरुको प्राकृतिक बिक्री चक्रलाई श्रेय दिन सकिने र आईफोन १५ को बिक्री मौसमी कारणले घट्दै गएको उल्लेख गरिएको छ।
साथै सन् २०२४ मा नयाँ आईफोन एसई मोडलको अनुपस्थितिले यस वर्षको अन्तमा उच्च प्रत्याशित आईफोन १६ लन्च नभएसम्म थप कमी हुने अनुमान छ।
त्यसैगरी शाओमीले भने ११ प्रतिशत ढुवानी वृद्धिको साथ लगातार वृद्धि देखाएको र १८ प्रतिशत सेयरको साथ तेस्रो–ठूलो खेलाडीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ। साथै शाओमीको सफलताको कारण रेडमी नोट १३ सिरिज भएको र जुन पश्चिमी यूरोपको विशेष गरी स्पेन र इटालीमा प्रख्यात भएको उल्लेख गरिएको छ।
यद्यपि, शाओमीले मध्य र पूर्वी युरोपमा भने चुनौतीहरूको सामना गर्नू परेको उल्लेख गरिएको छ। सामसङ र टेक्नोबाट बढ्दो प्रतिस्पर्धाले गर्दा शाओमीको आफ्नो बजार हिस्सा सन् २०२२ को शुरुवात देखिकै न्यूनमा छ।
स्थापित खेलाडीहरू बाहेक, रिपोर्टले केही रोचक प्रवृतिहरूलाई पनि हाइलाइट गरेको छ। रियलमीले पश्चिमी यूरोपमा बलियो प्रदर्शन गर्नुका साथै इटाली र स्पेन जस्ता प्रमुख बजारहरूमा रिबाउन्डको कारणले उल्लेखनीय ५९ प्रतिशत वृद्धि देखेको छ। रियलमीको किफायती सी सिरिज बेस्टसेलर रह्यो।
यसबाहेक, अर्को उल्लेखनीय खेलाडी अनर रहेको र यसले उल्लेखनीय ६७ प्रतिशत वृद्धि हासिल गर्दै ओप्पोलाई उछिन्दै पहिलो पटक युरोपमा प्रतिष्ठित पाँचौं स्थान हासिल गरेको छ। यो प्रभावशाली उपलब्धिका लागि पश्चिमी यूरोपमा अनरको म्याजिक भी२, म्याजिक ६ र अनर ९० जस्ता डिभाइसहरूका वर्षिक रुपमा दोब्बर भएको ढुवानीले प्रेरित गरेको छ।
रिकभरी आशाजनक देखिएता पनि काउन्टरपोइन्ट रिसर्चका विश्लेषक जन स्ट्राइज्याकले भने बजारबारे अत्यधिक आशावादको नहुन चेतावनी दिएका छन्। सन् २०२३ को गिरावटले महत्त्वपूर्ण तवरले असर पारेको र युरोपेली बजार अझै पनि पूर्व–महामारी स्तरबाट टाढा रहेको जनाइएको छ।

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार