सिङ्गापुरमा ठगी आरोपमा २९० जना पक्राउ

  • Technology Khabar | १२ जेष्ठ २०८१, शनिबार
सिङ्गापुरमा ठगी आरोपमा २९० जना पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सिङ्गापुर प्रहरीले मे १० देखि मे २३ सम्म दुई सय ९० जना संदिग्ध व्यक्तिलाई घोटालाको आरोपमा पक्राउ गरेको छ।

संदिग्धहरू जागिर घोटाला, लगानी घोटाला, फिसिङ घोटाला, ई–कमर्स घोटाला, इन्टरनेट प्रेम घोटाला र सरकारी अधिकारीको प्रतिरूपण घोटालाहरूसहित एक हजारभन्दा बढी मुद्दामा संलग्न थिए।

पीडितहरूले ५० लाख सिङ्गापुर डलर (३७ लाख अमेरिकी डलर) गुमाएको प्रहरीले जनाएको छ।

संदिग्धहरू ठगी, मनी लन्ड्रिङ, इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्न अनुसन्धानमा थिए। रासस/सिन्ह्वा

प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार