बालमैत्री वातावरणका लागि विद्यालय कक्षालाई बनाईयो प्रविधिमैत्री

  • Technology Khabar | ११ जेष्ठ २०८१, शुक्रबार
बालमैत्री वातावरणका लागि विद्यालय कक्षालाई बनाईयो प्रविधिमैत्री
सांकेतिक तस्विर

काठमाडौं ।

सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरको श्री माध्यमिक विद्यालयमा दुई वटा कक्षालाई प्रविधिमैत्री बनाइएको छ।

विद्यालयको कक्षा शिशु र कक्षा १ मा प्रविधि तथा बालमैत्री वातावरणका लागि दुई ओटा कक्षालाई प्रविधिमैत्री बनाइएको हो। एलसिडीसहितको
प्रविधि जडान गरिएका दुई ओटा कक्षाको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गरे।

विद्यालय प्रविधियुक्त हुँदा बालबालिका रमाउँदै, पढ्दै सिक्ने विश्वव्यापी मान्यता र अवधारणालाई आत्मसात् गर्दै कक्षाहरू प्रविधिमैत्री बनाउँदै लगिएको प्रधानाध्यापक महानन्द मेहताले जानकारी दिए।

स्थानीयतालाई सुस्पष्ट रूपमा बुझेको र सोही अनुरूपका क्रियाकलाप सञ्चालन गर्दै बाल सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले दुई ओटा कक्षालाई प्रविधिमैत्री बनाएएको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×