
काठमाडौं ।
एप्पल र एनभिडियाको एक प्रमुख आपूर्तिकर्ता रहेको ताइवानको कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसीले बिहीबार मेमोरी चिप्स बाहेक विश्वव्यापी सेमीकन्डक्टर इन्डस्ट्रि (अर्धचालक उद्योग) मा १० प्रतिशतको वार्षिक राजस्व वृद्धि हुने पूर्वानुमान गरेको छ।
कम्पनीको मुख्यालय रहेको सिन्चुमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष क्लिफ हाउले एआईसँग यो अवसरको नयाँ सुनौलो युग भएको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
गत अप्रिल महिनामा, टीएसएमसीले मेमोरी बाहेक ग्लोबल सेमीकन्डक्टर इन्डस्ट्रि (विश्वव्यापी अर्धचालक उद्योग) को लागि आफ्नो १० प्रतिशत भन्दा बढीको अघिल्लो पूर्वानुमानबाट १० प्रतिशत वृद्धि दरमा घटाएको थियो।
त्यसैगरि वर्ल्ड सेमीकन्डक्टर टेड्र स्ट्याटिस्टिक्स (विश्व अर्धचालक व्यापार तथ्याङ्क) ले सन् २०२४ मा ग्लोबल सेमीकन्डक्टर बजारको लागि १३.१ प्रतिशतको वृद्धिको पूर्वानुमान गरेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स एप्लिकेसन्स (एआई) मा प्रयोग हुने सेमीकन्डक्टरहरूको मागको लहरको कारणले गर्दा टीएसएमसीले दोस्रो त्रैमासिक बिक्री ३० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ।
यसबाहेक, एनभिडियाले बुधवार आफ्नो त्रैमासिक राजस्व अनुमान भन्दा माथिको हुने भविष्यवाणी गर्नुका साथै स्टक विभाजनको घोषणा गरेको र सेयरहरूलाई रेकर्ड–हाई क्षेत्रमा पुर्याएर लगानीकर्ताहरूलाई प्रभावित गरेको जनाइएको छ, जसले एआई आशावादमा गत वर्ष चिपमेकरको बजार मूल्य तीन गुणा बढाएको उल्लेख गरिएको छ।
प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार