Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
नेपाल टेलिकमले सैंबु (भैंसेपाटी) एरियाको कपरमा आधारित ल्याण्डलाइन तथा अन्य सेवालाई एफटीटीएचमा रुपान्तरण गरेको छ।
कम्पनीले कपरमा आधारित ल्याण्डलाइनका भ्वाइस तथा एडीएसएल सेवाहरूलाई फाइबर टु द होम (Fiber To The Home (FTTH) प्रविधिमा माइग्रेट गरिरहेको जनाएको छ।
कम्पनीको दूरसञ्चार कार्यालय सैंबु (भैंसेपाटी) एक्सचेन्जबाट सञ्चालित कपरमा आधारित ल्याण्डलाइन (पीएसटीएन)का भ्वाइस तथा एडीएसएल प्रयोग गरेका सम्पूर्ण ग्राहकहरूको सेवा फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा माइग्रेट गर्ने कम्पनीको योजना बमोजिम अधिकांश लाइनहरू माइग्रेट भइसकेको जानकारी दिएको छ।
यसका साथै बाँकी रहेका लाइनहरू पनि माइग्रेट गरी २०८१ जेठ ११ गतेदेखि सो एक्सचेन्जबाट सञ्चालित कपर सिस्टम पूर्ण रुपमा बन्द गरिने उल्लेख छ।
यसका लागि ग्राहकहरुले कार्यालयमा सम्पर्क गरी यथाशीघ्र आफ्नो सेवालाई अत्याधुनिक एफटीटीएच प्रविधिमा अपग्रेड गराउन समेत अनुरोध गरेको छ।
प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार