
काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८१/८२ मा सरकारले नवप्रवर्तन र स्टार्टअपलाई प्रबर्द्धन र कर्जा सुबिधा दिने नीति लिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सातै प्रदेशभर इन्क्युबेसन सेन्टर तयार पारिने नीति घोषणा गरेका हुन्।
नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान संचालन गरिने छ।
तीनै तहको सरकार र नीजि क्षेत्रको सहयोगमा राष्ट्रिय स्टार्टअप नीतिलाई अगाडि बढाईने भएको छ। यसैगरी सरकारले अनुसन्धान मुलक क्षेत्रसँग सहकार्य गरी स्टार्टअपलाई अगाडि बढाउने भएको छ।
सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गर्ने समेत घोषणा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवमा कम्तिमा एक हजार जनालाई स्टार्टअपका लागि कर्जा प्रदान गर्ने नीति लिईने बताए।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार