माइक्रोसफ्टलाई कोर्टाना टेकको पेटेन्ट उलंघन गरेकोमा २४ करोड २० लाख डलर जरिवाना

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
माइक्रोसफ्टलाई कोर्टाना टेकको पेटेन्ट उलंघन गरेकोमा २४ करोड २० लाख डलर जरिवाना

काठमाडौं ।

अमेरिकाको एक निर्णायक मण्डलले माइक्रोसफ्टलाई पेटेन्ट उल्लङ्घन गरेको आरोपमा २४२ मिलियन अमेरिकी डलर जरिवाना लगाएको छ। मे १० मा डेलावेयरमा भएको यो फैसला, सन् २०१८ मा आईपीए टेक्नोलोजीजद्वारा दायर गरिएको मुद्दामा आधारित छ ।

मुद्दामा माइक्रोसफ्टको कोर्टाना भ्वाइस एसिस्टेन्टले कम्प्युटर कम्युनिकेसन सफ्टवेयरमा प्रयोग हुने भ्वाइस रिकग्निसन टेक्नोलोजीको लागि आईपीएको पेटेन्टको उल्लङ्घन गरेको दाबी गरिएको रोयटर्सले रिपोर्टमा भनेको छ।

मूल रूपमा, केसमा धेरै आईपीए प्याटेन्टहरू समावेश रहेको भएपनि केवल एउटामा मात्र केन्द्रित भएको उल्लेख छ। माइक्रोसफ्टले भने उनीहरूले केही पनि उल्लङ्घन नगरेको र पेटेन्ट आफैं अवैध भएको तर्क गरेको छ।

वाई–एलएएनको सहायक कम्पनी आईपीए टेक्नोलोजीजले एसआरआई इन्टरनेशनलको सिरी कम्पनीबाट पेटेन्ट प्राप्त गरेको जनाइएको छ। एप्पलले त्यसपछि सन् २०१० मा सिरी कम्पनी र यसको टेक्नोलोजी प्राप्त गरेको र तिनीहरूको सिरी भ्वाइस एसिस्टेन्टको लागि प्रयोग गरेको उल्लेख छ।

उक्त निर्णयमाथि माइक्रोसफ्टले निर्णयको अपील गर्ने योजना बनाएको छ।

यसअघि आईपीएले यसै प्रकारको प्याटेन्टको विषयलाई लिएर गुगल र अमेजनलाई पनि लागि मुद्दा हालेको उल्लेख छ। अमेजनले सन् २०२१ मा सफलतापूर्वक आफ्नो रक्षा गरेको थियो भने गुगलसँगको केस अझै चलिरहेको छ।

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket

  • Technology Khabar
  • १ जेष्ठ २०८१, मंगलवार