महालक्ष्मी विकास बैंकको गोकुलेश्वर र पाटन शाखा एकैसाथ संचालनमा

  • Technology Khabar | ३० जेष्ठ २०७५, बुधबार
महालक्ष्मी विकास बैंकको गोकुलेश्वर र पाटन शाखा एकैसाथ संचालनमा

काठमाडौं ।

काठमाडौं । महालक्ष्मी बिकास बैंकले जेठ ३० गते दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखा एकैसाथ संचालनमा ल्याएको छ ।

बैँकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर गरेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गरे ।

देशभर ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३० जेष्ठ २०७५, बुधबार