
काठमाडौं ।
नेपालमा थोरैले टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको तथ्यांकमा २८ अर्ब ३० करोड २३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २७ अर्ब ६६ करोड ३५लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। समीक्षा अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ६३ करोड ८८ लाख रुपैयाँ अर्थात २.३ प्रतिशतले बढेको छ।
नेपालमा सबैभन्दा धेरै टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको छ। चालु आवको पहिलो नौ महिनामाचीन १९ अर्ब ९६ करोड २८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।
यस्तै भारतबाट ७ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।
अन्य मुलुकबाट एक अर्ब १५ करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
प्रकाशित: ३१ बैशाख २०८१, सोमबार