
काठमाडौं ।
एप्पलले आगामी आईओएस १८ मा आफ्ना एआई–सम्बन्धित केही सुविधाहरू पावर अप गर्न च्याटजीपीटी प्रयोग गर्न चाहेको छ।
तसर्थ यस विषयमा परिचित स्रोतकाअनुसार एप्पल अब ओपनएआईसँग सम्झौताको अन्तिम चरणमा रहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।
यद्यपि, यस बारेमा आधिकारिक रूपमा घोषणा गर्नका लागि दुई फर्महरू हतारमा नभएको स्रोतले थप खुलासा गरेको उल्लेख छ।
यसबाहेक, एप्पलले गुगलको एआई–पावर्ड (संचालित) जेमिनी च्याटबोट प्रयोग गर्नका लागि भनेर गुगलसँग वार्ता गरिरहेको अघिल्लो रिपोर्टहरूको दाबी छ। साथै, स्मार्टफोन निर्माताले अझै अन्य विकल्पहरू पनि खोजिरहेको हुन सक्ने भनि थप उल्लेख गरिएको छ।
एप्पलले आफ्नो डिभाइसमा धेरैजसो एआई सुविधाहरू होस्ट गर्ने प्रयास गर्नेछ। साथै यसले गति र गोपनीयताको सन्दर्भमा एप्पललाई प्रतिस्पर्धामा थप ससक्तता प्रदान गर्ने उल्लेख गरिएको छ।
यद्यपि, यदि एप्पलले ओपनएआईसँग सम्झौता स्ट्राइक गरेको खण्डमा भने यो सम्भव हुन नसक्ने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ३१ बैशाख २०८१, सोमबार