यी हुन् २०२४ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री भएका स्मार्टफोन

  • Technology Khabar | २७ बैशाख २०८१, बिहीबार
यी हुन् २०२४ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री भएका स्मार्टफोन
फाइल तस्बिर

काठमाडौं ।

२०२४ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री हुने स्मार्टफोनमा एप्पल र सामसङले शीर्ष १० मा प्रभुत्व जमाएका छन्। काउन्टरपोइन्ट रिसर्चको पछिल्लो प्रतिवेदन अनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको शीर्ष १० स्थानमा एप्पल र सामसङको डिभाइस रहेका छन्।

दुवै कम्पनीको पाँच/पाँच डिभाइस शीर्ष १० स्थानमा रहेको छ। चौथो स्थानसम्म एप्पलको डिभाइसको कब्जा रहेको छ। पहिलो स्थानमा आईफोन १५ प्रो म्याक्स, दोस्रो आइफोन १५, तेस्रो स्थानमा आईफोन १५ प्रो र चौथो स्थानमा आईफोन १४ रहेको छ।

उक्त प्रतिवेदनका आधारमा ग्राहकहरुको प्रथामिकतामा फाइभजी फोन रहेको देखिन्छ। शीर्ष १० को सूचीमा रहेका सबै स्मार्टफोन डिभाइस फाइभजी सक्षम छन्। साथै ग्राहकको रुची प्रिमियम डिभाइसमा रहेको प्रष्टसँग देख्न सकिन्छ। १० मध्ये ७ फोन ६ सय अमेरिकी डलरभन्दा महँगा छन्।

आईफोनको प्रो सिरिजको लोकप्रियतामा बढिरहेको छ। २०२४ मा प्रो डिभाइसको शेयर २४ प्रतिशत थियो भने हाल २०२४ को पहिलो त्रैमासमा एप्पलको बिक्री मूल्यको ६० प्रतिशत छ। प्रो डिभाइसमा पर्याप्त अपग्रेड र अतिरिक्त फिचर्स रहेकाले ग्राहकहरुको रोजाइमा पर्दै आइरहेको छ।

सामसङको एआईफोन ग्यालेक्सी एस२४ र ग्यालेक्सी एस२४ अल्ट्रा पनि शीर्ष १० मा रहेको छ।

शीर्ष १० स्थानमा रहेका स्मार्टफोन

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis II astronauts bound for moon after rocketing away on NASA’s first lunar voyage in decades

  • Technology Khabar
  • २७ बैशाख २०८१, बिहीबार