
काठमाडौं ।
काठमाडौं । माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको पदमा सुमन शर्माले कार्यभार सम्हालेका छन् ।
२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए । सो पश्चात शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
माछापुच्छ्रे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।
प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार