
काठमाडौं ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले विश्वकप अफर सार्वजनिक गरेको छ । सो अफरमा ग्राहकहरुले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने छन्।
भायनेटको विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १००० रेन्टल चार्ज, ५०० डिपोजिट तिरेर ६ महिना वा २५०० रेन्टल तिरेर, ५०० डिपोजिट तिरेर १२ महिनासम्म नेट टिभी सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ।
५५ वटा एचडी र १३५ वटा एसडी च्यानलहरु रहेको नेट टिभीको सोनी टेन टू र सोनी टेन थ्री मा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने बताईएको छ।
नेट टिभीसँगै ग्राहकहरुले वार्षिक १० हजार रुपैयाँमा १८ एमबिपिएस्, १२ हजार रुपैयाँमा ३० एमबिपिएस् र १६ हजार रुपैयाँमा ६० एमबिपिएसको इन्टरनेट सेवा समेत प्राप्त गर्न सक्ने भायनेटले जनाएको छ।
सन् २०११ देखि कम्पनीले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस शुरुवात गरेको हो।
इन्टरनेट सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन र हेटौंडामा समेत आफ्नो सेवा सुचारु गरेको जनाएको छ।
प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार