आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक अनावरण

  • Technology Khabar | २७ जेष्ठ २०७५, आईतवार
आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक अनावरण

काठमाडौं ।

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच अनावरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले सो पुस्तक/भिडियो संयुक्त रुपमा अनावरण गरे ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्रययाउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठको पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. नेपालले आइएमईले तय गरेको सफल व्यावसायीक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे ।

बीमा समितिका अध्यक्ष चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिए ।

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष झाले सूचना–प्रविधि र टेलिकमको तिब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको केन्द्रीय बैंकले झण्डै दुई दशक अघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने साहसिक निर्णय गरेकाले नै मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताए ।

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...