एयरटेलले काटिदिएको इन्टरनेट सेवा मध्यरातदेखि जोडियो

  • Technology Khabar | २१ बैशाख २०८१, शुक्रबार
एयरटेलले काटिदिएको इन्टरनेट सेवा मध्यरातदेखि जोडियो

काठमाडौं ।

अपस्ट्रिम सेवा प्रदायक भारतीय कम्पनी भारती एयरटेलले ब्याण्डविथ काटिदिएपछि नेपालभर अवरुद्ध भएको इन्टरनेट रातीदेखि शुचारु भएको छ।

सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई उक्त जानकारी दिँदै इन्टरनेट जोडिएको जानकारी दिएका छन्।

सरकारले विदेशी मुद्राको सिफारिस नगर्दा अपस्ट्रिम सेवा प्रदायकहरुलाई बिगत ९ महिनादेखि ब्याण्डविथ आयातको भुक्तानी नेपालका इन्टरनेट सेवा प्रदायकहरुले गर्न सकेका छैनन्।

सोही कारण एयरटेलले बिहिबार अपरान्ह ब्याण्डविथ रोकिदिएको थियो। जसले गर्दा वर्ल्डलिंक भायनेट सुबिसुलगायतका सेवा प्रदायकहरुको सेवा अवरुद्ध भएको थियो।

सम्बन्धित समाचार-

नेपालमा किन इन्टरनेट काटियो, यस्तो भन्छन् सेवा प्रदायक कम्पनीहरु

तर हाल उक्त सेवा सुचारु भएको सेवा प्रदायकहरुले जानकारी दिएका छन्। काटिएको इन्टरनेट सेवा मध्यरातदेखि जोडिएको हो।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का सिईओ सुभाष खड्काले इन्टरनेट सेवा प्रदायकहरुको अनुरोधपछि इन्टरनेट सेवा जोडिएको बताए।

“रातीनै सबैले एयरटेललाई अनुरोध गरेका थिए। त्यसपछि इन्टरनेट सुचारु भयो।” सिईओ खड्काले भने।

यस बिचमा सरकारले भने इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरुद्ध नगर्न चेतावनी दिएको थियो।

सम्बन्धित समाचार-

राजश्व नतिरेर अत्यावश्यकीय सेवा इन्टरनेट अवरुद्ध गर्ने कार्य नगर्न सरकारको चेतावनी

अर्कोतर्फ, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत अनुगमन गरेको थियो। नियामकका अधिकारीहरु रातीनै अनुगमनमा सेवा प्रदायकको कार्यालयमा पुगेका थिए। उनीहरुले आइएसपीहरुलेनै इन्टरनेट काटेको वा बाहिरबाटै काटिएको भन्नेमा जानकारी र अनुगमन गरेका थिए।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार