निजी इन्टरनेट सेवा प्रदायकमा समस्या आउँदा सरकारी कम्पनी नेपाल टेलिकमको इन्टरनेट निर्बाध

  • Technology Khabar | २० बैशाख २०८१, बिहीबार
निजी इन्टरनेट सेवा प्रदायकमा समस्या आउँदा सरकारी कम्पनी नेपाल टेलिकमको इन्टरनेट निर्बाध

काठमाडौं ।

आज मुलुकभरका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले समस्या सामना गर्दा सरकारी स्वामित्वको नेपाल टेलिकमको फाइबर नेट भने निर्बाध रुपमा चलेको छ।

अन्य सेवा प्रदायकहरुको इन्टरनेट सेवामा समस्या आए पनि नेपाल टेलिकमको फाइबर नेट निर्बाध रुपमा चलेको टेलिकमले जानकारी दिएको छ।

टेलिकमको फाइबर नेट सेवामा बिना अवरोध चलिरहेको नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए।

निजी आईएपीहरुले ब्याण्डविथ आयात गर्न आवश्यक पर्ने रकम भुक्तानी नगर्दा भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले अपस्ट्रिम सेवा काटिदिएको हो। जसका कारण आज नेपालका अधिकांश इन्टरनेट सेवामा समस्या देखिएको छ।

नेपाल टेलिकमको भने भुक्तानीमा कुनै समस्या नभएकाले यस्तो किसिमको अवरोधको सामना गर्नु नपरको भट्टराई बताउँछन्।

मर्मत सम्भार शुल्कको विवादका कारण सरकारले विगत ९ महिनादेखि निजी आईएपीहरुलाई ब्यान्डविथ आयातका लागि आवश्यक पर्ने विदेशी मुद्राको सिफारिस रोकेको छ। विदेशी मुद्राको सिफारिस नदिएका कारण आईएसपीहरुले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी गर्न सकिरहेका छैनन्।

आफ्नो भुक्तानी रोकिएकाले चेतावनी स्वरुप भारतीय एयरटेलले प्रमुख आईएसपीहरुको ब्याण्डविथ काटिदिएको हो।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...