
काठमाडौं ।
ह्वावे र ए.एस.ई.एन फाउन्डेसनद्वारा संयुक्तरूपमा आयोजित ह्वावे डिजिटल एण्ड इन्टेलिजेन्स ए.पी.ए.सी कांग्रेस ब्याङ्ककमा सम्पन्न भएको छ। १५ एशिया–प्यासिफिकमा देश क्षेत्रबाट २,००० भन्दा बढी सरकारी अधिकारीहरू, विद्वानहरू, साझेदारहरू र विश्लेषकहरू यो सम्मेलनमा सहभागी थिए।
सहभागीहरुले डिजिटल एण्ड इन्टेलिजेन्स क्षेत्रको विकास गरी, डिजिटल र इन्टेलिजेन्ट एशिया–प्यासिफिक निर्माण गर्ने तरिकाहरू बारे छलफल गरेको जारी विज्ञप्तीमा उल्लेख छ।
हालसम्म, ह्वावेले एशिया–प्यासिफिकमा एक लाख भन्दा बढी उद्यम साझेदारहरूको डिजिटल रूपान्तरण गर्न सहयोग गरेको बताईएको छ। निरन्तर प्राविधिक आविष्कार मार्फत, ह्वावेले यस क्षेत्रलाई अग्रणी नेटवर्क र डाटा केन्द्र पूर्वाधार निर्माण गर्न मद्दत गर्दछ।
स्थानीय ग्राहकहरूको व्यावसायिक आवश्यकताहरू पूरा गर्न ह्वावेले ओपेनल्याब्स, फाइभजी संयुक्त आविष्कार प्रयोगशालाहरू र अन्य प्लेटफर्महरू निर्माण गरेको छ।
कार्यक्रममा ह्वावे बोर्डकी उप–अध्यक्ष र ह्वावेको सीएफओ सब्रिना मेङ्गले भनिन्, “एशिया–प्यासिफिक विश्वको सबैभन्दा उज्यालो क्षेत्रहरू मध्ये एक मात्र होइन, यो डिजिटल अर्थतन्त्रको विकास गर्ने प्रयास गरिराखेका अन्य क्षेत्रहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। यस प्रक्रियाको हिस्सा हुन पाउन’ ह्वावेको लागि सम्मानको कुरा हो।”
ए.एस.ई.एन फोर कम्युनिटी एण्ड कोर्प्रेटका उप–महासचिव नारार्य एस ओएप्राप्टोले ’ग्रोथ इन्जिन अफ थाइल्याण्ड’ नीति अन्तर्गत डिजिटल र बौद्धिक रूपान्तरणको गतिलाई आफ्नो प्राथमिकताको रूपमा उल्लेख गरे। उनले देशको समग्र डिजिटल मानव पुँजी सुधार गर्न रूपान्तरणका फाइदाहरू पेश गरेका छन्।
ह्वावेका वरिष्ठ उपाध्यक्ष र ह्वावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेनले डिजिटल एण्ड इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चरलाई सम्भाव्यता र उत्पादकत्वलाई मुक्त गर्ने चाबीको रूपमा श्रेय दिए। उनले भने, “ह्वावे, हाम्रो फुल–स्ट्याक प्रविधि र समाधान क्षमताहरू प्रयोग गर्न र ग्राहकहरूको लागि थप मूल्य सिर्जना गर्न साझेदारहरूसँग काम गर्न तयार र इच्छुक छ।“
ह्वावे एशिया–प्यासिफिक क्षेत्रका अध्यक्ष साइमन लीनले अर्थतन्त्र र समाजमा प्रविधिलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “ह्वावे प्राविधिक आविष्कारकर्ता, उद्योगको अग्रगामी र स्थानीय योगदानकर्ता बन्न प्रतिबद्ध छौँ। लगभग १०,००० उद्यम र क्लाउड साझेदारहरूसँग, हामी तिव्रगतिमा डिजिटल र बौद्धिक एशिया–पेसिफिक क्षेत्रको वृद्धिको लागि दृढ संकल्प गर्दछौँ।”
ह्वावे नेटवर्क समिट, इनोभेटिभ डाटा इन्फ्रास्ट्रक्चर फोरम, ग्लोबल अप्टिकल समिट, र हुवावे क्लाउड स्ट्याक समिट लगायतका भविष्यका सम्मेलनहरू र उत्पादन प्रक्षेपणका योजनाहरूसहित सम्मेलन सम्पन्न भयो। ह्वावेले ग्लोबल ई.एस.पी शिखर सम्मेलन एशिया–पेसिफिक र ग्लोबल म्यानुफ्याक्चरिङ एण्ड लार्ज इन्टरप्राइज समिटमा उद्योग समाधानहरू जारी गर्ने योजना पनि बनाएको जनाएको छ।
प्रकाशित: २० बैशाख २०८१, बिहीबार