सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण

  • Technology Khabar | १९ बैशाख २०८१, बुधबार
सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण

काठमाडौं ।

तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियानपछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ।

सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको छ।

चालक दल सबै साँझ ६ः३७ मा यानबाट बाहिरिएका थिए । उडानको १८७ दिनसम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ।

चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ।

स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १९ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार