“कुमारी सुनौलो लगानी योजना” को कार्य सञ्चालन व्यवस्थापन सफ्टवेयर अपडेट गरिँदै

  • Technology Khabar | १९ बैशाख २०८१, बुधबार
“कुमारी सुनौलो लगानी योजना” को कार्य सञ्चालन व्यवस्थापन सफ्टवेयर अपडेट गरिँदै

काठमाडौं ।

कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको “कुमारी सुनौलो लगानी योजना” को कार्य सञ्चालन व्यवस्थापनको नयाँ सफ्टवेयर अपडेटका कारण सेवा तीन दिन बन्द हुने भएको छ।

कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटलद्वारा व्यवस्थापन गरिएको खुलामुखी योजना “कुमारी सुनौलो लगानी योजना” को कार्य सञ्चालन व्यवस्थापन (Operation Management) मा प्रयोग भइरहेको सफ्टवेयर एप्लिकेसनको विस्थापन तथा नयाँ सफ्टवेयर एप्लिकेसन जडान गर्नुपर्ने भएकोले डाटा माइग्रेसन गर्नका लागि यस योजनासँग सम्बन्धित सम्पूर्ण कारोबारहरु (जस्तैः इकाई खरिद बिक्री, सीप रजिस्ट्रेसन/ क्यान्सिलेसन/पेमेन्ट) बन्द हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीकाअनुसार वैशाख २० गतेदेखि २२ गतेसम्म तीन दिन बन्द रहने छ।

२०८१ वैशाख १८ गते अपरान्ह ३:०० बजे पश्चात्का सम्पूर्ण कारोबारहरुको राफसाफ आगामी वैशाख २३ गते कारोबार समय पश्चात कायम हुने नेट एसेट भ्यालुको आधारमा गरिने इकाईधनी तथा इकाईधनी हुन ईच्छुकहरुलाई जानकारी दिएको छ।

नयाँ सिस्टम जडान पश्चात् लम्पसम भुक्तानी, इकाई बिक्री तथा सिपमार्फत हुने सम्पूर्ण कारोबारहरुको बाँडफाँड हुने इकाईहरु सोही दिनको कारोबार समय पश्चात् कायम हुने नेट एसेट भ्यालुको आधारमा गरिने बताएको छ।

साथै, यस योजनाका इकाईहरुको कारोबारको लागि अनलाइन सिस्टम वैशाख २३ गते आइतबारदेखि https://mutualfund.kumaricapital.com बाट सूचारु हुने जनाएको छ।

प्रकाशित: १९ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...