ब्ल्याकभ्यू हीरो १० नामक किफायती क्ल्यामशेल फोल्डेबल स्मार्टफोन आउँदै

Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

ब्ल्याकभ्यूले ‘एमडब्ल्यूसी २०२४’ मा ‘ब्ल्याकभ्यू हिरो १०’ नामक आफ्नो पहिलो क्ल्यामशेल फोल्डेबल स्मार्टफोन अनावरण गरेको थियो।

ब्ल्याकभ्यूले मूल्य ट्यागलाई कम गर्नको लागि भनेर आफ्नो डिभाइसमा हाल बजारमा उपलब्ध महँगो फोल्डेबलहरूको तुलनामा मोडेस्ट हार्डवेयर समावेश गर्दै फरक मार्ग अपनाएको छ।

ब्रान्डले यसै महिनामा नयाँ फोल्डेबललाई लन्च गर्ने योजना बनाएको छ भने हीरो १० अलीएक्सप्रेसमा सूचीबद्ध भएको उल्लेख गरिएको छ।

सूची अनुसार, हीरो १० को ६.९ इन्चको १,०८०x२,५६० पिक्सेल डिस्प्लेले ६० हर्ज रिफ्रेस रेट र १,३०० निट्स पीक ब्राइटनेस प्रदान गर्नेछ। साथै यसले २ लाख ५० हजार फोल्डहरु सहनसक्ने दाबी गरिएको छ। यसबाहेक, यसमा एउटा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा पंच–होल मुनि रहने उल्लेख गरिएको छ।

यस किफायती क्ल्यामशेल फोल्डेबल स्मार्टफोनको पछाडि रहेको लार्ज क्यामरा आईल्याण्ड (ठूलो क्यामरा टापु) मा १०८ मेगापिक्सेलको मुख्य सेन्सर र ८ मेगापिक्सेलको अल्ट्रावाइड शूटर रहेको उल्लेख छ। त्यसका साथै क्यामरा आईल्याण्डले कभर डिस्प्लेको रूपमा पनि कार्य गर्ने भएकाले यसमा नोटिफिकेसन्स (सूचनाहरू), म्यासेजेस (सन्देशहरू) र आगमन कलहरूका साथै अन्य थप जानकारीहरु हेर्न सकिने छ।

यो फोल्डेबल फोन मिडियाटेक हेलियो जी९९ ले पावर गर्ने जनाइएको छ। साथै उक्त एसओसीलाई १२ जीबीको एलपीडीडीआर४एक्स र्याम र २५६ जीबी यूएफएस २.२ स्टोरेजसँग पेयर्ड गरिएको । यसमा हेलियो जी९९ एसओसी प्रयोग गरिएको हुनाले यसले फोरजी कनेक्टिभिटी मात्र प्रदान गर्ने उल्लेख गरिएको छ।

यस बाहेक, ब्ल्याकभ्यू हीरो १० मा ४,००० एमएएच ब्याट्री समावेश गरिएको र जसले ४५ वाट्सको फास्ट चार्जिङ सपोर्ट गर्नेछ। साथै यो एन्ड्रोइड १३ मा आधारित डोकओएस ४.० सँग आउने छ। फोल्डेबलले यस वर्षको अन्त्यमा एन्ड्रोइड १४ अद्यावधिक प्राप्त गर्ने पुष्टि भएको छ भने फोल्डेबलमा स्टेरियो स्पिकर, एनएफसी र डुअल सिम स्लट पनि समावेश गरिएको छ।

सूचीमा मूल्य ट्यागको बारेमा भने कुनै पनि विवरण उल्लेख नगरिएको भएतापनि ब्रान्डले एमडब्ल्यूसी २०२४ मा यो डिभाइस लगभग ३९९ यूरोमा लन्च गर्ने आफ्नो योजना व्यक्त गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया