माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ्ग सिस्टममा पनि नियमित अपडेट दिने

  • Technology Khabar | १८ बैशाख २०८१, मंगलवार
माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ्ग सिस्टममा पनि नियमित अपडेट दिने

काठमाडौं ।

माइक्रोसफ्टले विन्डोज १० प्रयोगकर्ताहरूका लागि अक्टोबर २०२५ सम्मका लागि नियमित अपडेटहरू पठाउन जारी राख्ने बताएको छ। साथै यी अपडेटहरू आकारमा साना हुने भएकाले छिटो डाउनलोड र इन्स्टलेसन हुने उल्लेख छ।

विन्डोज १० को अब धेरै नयाँ फिचर्स (सुविधाहरू) नआउने भएतापनि माइक्रोसफ्टले अद्यावधिक प्रक्रियालाई सुव्यवस्थित गर्न कदम चालिरहेको छ। तिनीहरूले विन्डोज ११ बाट नयाँ फिचरहरु लिएका छन र अद्यावधिक प्याकेजबाट अनावश्यक तत्वहरू हटाइने उल्लेख गरिएको छ। यसले कोर फङ्गसानिलिटी (कार्यक्षमता) वा सुरक्षा प्याचहरूमा सम्झौता नगरी फाइलको आकारलाई उल्लेखनीय रूपमा घटाउने जनाइएको छ।

विन्डोज १० प्रयोगकर्ताहरूले सानो प्याकेजमा भएपनि मासिक ल्याटेस्ट क्युमिलेटिभ अपडेट (एलसीयू) प्राप्त गर्न जारी राख्नेछन्।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ड्रोनबाट मतदान स्थल निगरानी गरिने

  • Technology Khabar
  • १८ बैशाख २०८१, मंगलवार