काठमाडौं ।
काठमाडौं । टेक कम्पनी सामसंगले ग्यालेक्सी सिरिजको दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हाल ग्यालेक्सी जे ३ र ग्यालेक्सी जे सेभेनको २०१८ एडिसन लन्च गरेको हो । यी दुबै स्मार्टफोनहरु हाल अमेरिकी बजारमा सिमित रिटेलरहरु र मोबाइल अपरेटरहरुसँगको बण्डलिंगमा उपलब्ध हुनेछ ।
कम्पनीले यी दुबै फोनहरु मुभी हेर्न तथा एप्स चलाउन, लो लाइट क्यामरा, ब्याट्री लाइफ लामो चाहनेहरुलाई यो उपयुक्त हुने जनाएको छ ।
सामसंग जे ३ (२०१८)
सामसंग जे ३ २०१८ एडिसनमा ५.० इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०ह१२८० पिक्सेल रहेको छ ।
ग्यालेक्सी जे ३ २०१८ मा ८ मेगापिक्सेलको रियर क्यामराका साथमा एलईडी फ्ल्याशछ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
सामसंग जे ७ २०१८ एडिसनमा ५.५ इन्चको एचडी डिस्प्ले छ । यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको सेन्सर रहेको छ ।
यी दूबै स्मार्टफोनहरुमा सामसंगको केहि विशेष एप्स राखिएकोछ, जसमा भ्वाइस च्याट, कम्यूनिटी सपोर्ट तथा टिप्सको लागि एप उपलब्ध छ। त्यस्तै यी फोनहरुमा सेक्युरिटीका लागि सामसंग नोक्स(Samsung Knox) उपलब्ध छ ।
त्यस्तै दुबै फोनहरुमा पुरा दिनसम्म प्रयोग गर्न सकिने ब्याट्री पावर राखिएको छ ।
सामसंग इलेक्ट्रोनिक्स अमेरिकाका मोबाइल प्रडक्ट स्ट्राटेजी एण्ड मार्केटिंगका वरिष्ठ भाईस प्रेसिडेन्ट जष्टिन डेनिसनले भने, ‘स्मार्टफोनहरुको विषयमा हेर्दा, एकै साइजको सबैका लागि उपयुक्त हुँदैन् , ग्यालेक्सी लाइनअपले सबै प्रकारका उपभोक्ताहरुलाई आवश्यकताअनुसार छनौटको सुविधा दिन्छ, जे ३ मा उच्च गुणस्तरको फीचरहरु उपयुक्त मूल्यमा दिन्छ भने जे सेभेनमा रहेको ठूलो एचडी स्क्रीन, एडभान्स्ड क्यामराले रोमान्चकता प्रदान गर्दछ ।’
सामसंगले दूबै स्मार्टफोनको मूल्य खुलाएको छैन भने यो अन्य बजारहरुमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।
प्रकाशित: २५ जेष्ठ २०७५, शुक्रबार