स्मार्ट बोर्डबाट पठनपाठन सुरु

Technology Khabar १३ बैशाख २०८१, बिहीबार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु
सांकेतिक तस्विर

काठमाडौं ।

धनगढी उपमहानगरपालिका अन्तर्गतका सरकारी तथा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।

उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको हो। कक्षा १ देखि १० सम्म स्मार्ट बोर्डबाट पठनपाठन थालेको विद्यालयले जनाएको छ।

सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्ट बोर्ड प्रयोगमा ल्याइएको बिद्यालयले जनाएको छ स्मार्ट बोर्डबाट पठनपाठन गर्न सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए। उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको उल्लेख गरे। “स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ” उनले भने।

विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रूचि देखाएका छन्। स्मार्टबोर्डको प्रयोगले शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न सक्ने बताइएको छ।

नगर प्रमुख गोपाल हमालले सरकारी बिद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचरलगायत सुबिधा उपलब्ध गराइएको बताए।

सिद्धनाथसहित पाँच विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ। नमुना घोषणा गरिएका विद्यालयलाई आधुनिक प्रविधिबाट पठनपाठन सञ्चालन गर्नका लागि १०/१० स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।

उपमहानगर पालिकाले प्रत्ये क वडामा र हे को एउटा माध्यमिक तहको विद्यालयलाई नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ। गोरखापत्रबाट

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया