काठमाडौं ।
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले आउँदै गरेको विश्वकप २०१८ लाई मध्यनजर गर्दै “व्यापार गरौ जमेर वल्र्डकप हेरौं रमेर” भन्ने अफर सार्वजनिक गरेको छ ।
सो योजना अन्तरगत ग्राहकहरुले महिन्द्रा सुप्रो कार्गाे भ्यान, महिन्द्रा म्याक्सिमो प्लस र लोडकिङ्ग अप्टिमो गाडीहरुको खरीदमा एलईडी टिभी सित्तैमा पाउने छन् ।
सो योजनाको अवधि जेठ २४ गतेदेखि असार मसान्तसम्म लागुहुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार