फेसबुक मार्फत अश्लिल गतिविधि सार्वजनिक गरीदिने भन्दै ब्ल्याकमेल गर्ने पक्राउ

  • Technology Khabar | १२ बैशाख २०८१, बुधबार
फेसबुक मार्फत अश्लिल गतिविधि सार्वजनिक गरीदिने भन्दै ब्ल्याकमेल गर्ने पक्राउ

काठमाडौं ।

अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको बताएको छ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...