‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

  • Technology Khabar | ११ बैशाख २०८१, मंगलवार
‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

काठमाडौं ।

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ। यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ।

सोमबार जारी गरिएको एक विज्ञप्तिमार्फत टेक्नोले प्राविधिक क्षमताहरूलाई अगाडि बढाउन र प्रयोगकर्ता अनुभवहरू अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै नयाँ थपका साथ एआई क्षेत्रमा पाइला चालेको बताएको छ।

टेक्नोको एआई नवाचारको केन्द्रमा यसको स्मार्टफोन लाइनअप, ‘टेक्नो स्पार्क २० प्रो प्लस’ मा सबैभन्दा नयाँ थपिएको छ। फोन अब बङ्गलादेशको बजारमा उपलब्ध भएको छ।

यसले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको पहुँच र परिष्कृत मोबाइल अनुभवहरू प्रदान गर्नेछ।

टेक्नोका इन्जिनियरिङका निर्देशक जुड यूले कम्पनीले एआई–सञ्चालित इकोसिस्टमले विश्वव्यापी स्तरमा मोबाइल अनुभवमा क्रान्ति ल्याउने तयारी गरेको बताए। रासस/सिन्ह्वा

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार