पासवर्ड बिर्सेर बन्द भएको हेलो सरकारको एक्स ह्यान्डल पुन सञ्चालनमा

Technology Khabar ११ बैशाख २०८१, मंगलवार

काठमाडौं ।

जनतासँगको सरोकारका विषय र गुनासोहरु राख्न पाउने गरी सुरुवात गरिएको हेलो सरकारको समाजिक सञ्जाल एक्स (ट्विटर) पुन सञ्चालनमा आएको छ। गत फेब्रअरी १५ देखि हेलो सरकारको एक्स ह्यान्डलमा कुनै प्रकारको सूचनाहरु राखिएको थियो।

‘हेलो सरकारको एक्स ह्यान्डलमा आएको प्राविधि समस्या समाधान भएको छ। विगतमा जस्तै, तपाईहरुले मेन्सन वा मेसेज मार्फत आफ्ना गुनासो राख्न सक्नुहुनेछ। केहि समयदेखिको असुविधाको लागि क्षमाप्रर्थी छौं,’ सोमबार एक्समा हेलो सरकारले पोष्ट गरेको छ।

हेलो सरकारको एक्स अकाउन्ट प्रयोग गर्ने अधिकारीहरुले पासवर्ड बर्सिदा समस्या भएको प्रधामन्त्रीका आईटी सल्लाकार प्रकाश रायमाझीले जानकारी दिए।

‘टु–फ्याक्टर अथुनिकेसन पनि इनएवेल गरिएकाले पनि समस्या भएको थियो,’ रायमाझीले भने, ‘पासवर्ड रिकभर गरिएसँगै हिजोदेखि हेलो सरकारको एक्स अकाउन्ट सञ्चालनमा आइसकेको छ।’

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया