टेस्लाले अमेरिका पछि चीन, जर्मनी लगायत विश्वभर मूल्य घटायो

  • Technology Khabar | १० बैशाख २०८१, सोमबार
टेस्लाले अमेरिका पछि चीन, जर्मनी लगायत विश्वभर मूल्य घटायो

काठमाडौं ।

अमेरिकामा मूल्य कटौती पछि टेस्लाले चीन र जर्मनी सहित आफ्नो प्रमुख बजारमा मूल्य कटौती गरेको छ। घट्दो बिक्री र इलेक्ट्रिक सवारीका लागि विशेष रुपमा चिनियाँ ईभीहरु तीव्र मूल्य युद्धसँग टेस्ला जुझिरहेको छ।

यस वर्षको पहिलो त्रैमासिकमा टेस्लाको विश्वव्यापी सवारी साधनको ढुवानी करिब चार वर्षमा पहिलो पटक घटेको रिपोर्ट सार्वजनिक भएपछि मूल्य कटौती गरिएको हो।

‘मागसँग उत्पादन मिलाउन टेस्लाको मूल्यहरू बारम्बार परिवर्तन हुनुपर्दछ,’ टेस्लाका सीईओ इलन मस्कले आइतबार एक्समा पोस्ट गरे।

ईभी बजारको प्रमुख कम्पनी टेस्लाले एक वर्ष पहिलो नाफा मार्जिनको खर्चमा आक्रामक रुपमा मूल्य कटौती गरेर मूल्य युद्ध छेडेको थियो।

टेस्लाले चीनमा परिमार्जन गरिएको मोडल ३ को सुरुवाती मूल्य एक हजार ९३० अमेरिकी डलर घटाएर ३२ हजार अमेरिकी डलर गरेको कम्पनीको आधिकारिक वेबसाइटमा आइतबार देखिएको छ।

जर्मनीमा मोडल ३ रियर ह्वील ड्राइभको मूल्य ४२ हजार ९९० युरोबाट घटाएर ४० हजार ९९० युरो गरिएको छ। यो मूल्य फेब्रुअरीदेखि कायम भएको रोयटर्सले लेखेको छ।

युरोप, मध्य पूर्व र अफ्रिकाका लगायत धेरै देशहरूमा पनि मूल्य कटौती गरिएको टेस्लाका प्रवक्ताले बताए।

अमेरिकी मोडल वाई, मोडल एक्स र मोडल एस गाडीको मूल्य शुक्रबार २ हजार अमेरिकी डलरले घटाइएको थियो।

शनिबार टेस्लाले आफ्नो फूल–सेल्फ ड्राइभिङ ड्राइभर असिस्टेन्ट सफ्टवेयरको मूल्य अमेरिकामा १२ हजार अमेरिकी डलरबाट ८ हजार अमेरिकी डलरमा घटाएको छ।

प्रकाशित: १० बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...