फोनपे र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा डिजिटल क्रेडिट कार्ड उपलब्ध हुने

  • Technology Khabar | १० बैशाख २०८१, सोमबार
फोनपे र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा डिजिटल क्रेडिट कार्ड उपलब्ध हुने

काठमाडौं ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ।

डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तरगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसंगको सहकार्यमा सुरुवात गरेको जनाएको छ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्कीम (Fonepay Card Scheme) अन्तरगत रहि पूर्णरुपको डिजिटल क्रेडिट कार्ड (Fonepay Virtual Credit Card) आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ। सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने जनाएको छ ।

उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाधरुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ।

फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्कीम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं। यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं।”

प्रकाशित: १० बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार