२१ अर्ब ७५ करोडको स्मार्टफोन भित्रियो, आयात १६.५४ प्रतिशतले बढ्यो

  • Technology Khabar | ९ बैशाख २०८१, आईतवार
२१ अर्ब ७५ करोडको स्मार्टफोन भित्रियो, आयात १६.५४ प्रतिशतले बढ्यो

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांक अनुसार चैत मसान्तसम्म २१ अर्ब ७५ करोड २८ लाख ८१ हजार रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ यूनिट स्मार्टफोन आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म १८ अर्ब ६६ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको १२ लाख ११ हजार ७८६ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टफोनको आयात ३ अर्ब ८ करोड ८५ लाख ४३ हजार रुपैयाँ अर्थात १६.५४ प्रतिशतले बढेको छ। यस्तै गत आवको सोही अवधिको तुलनामा स्मार्टफोनको आयात १ लाख ८० हजार ५९ यूनिटले बढेको छ।

चालु आवमा सरकारले स्मार्टफोनको आयात मार्फत ४ अर्ब ४ करोड ९९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा ६० मुलुकबाट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। चीनबाट चालु आवको चैत मसान्तसम्म १४ अर्ब ५३ करोड ५९ लाख २६ हजार रुपैयाँ बराबरको १० लाख ९ हजार ३२० यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ६ अर्ब ८३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरको ३ लाख ७८ हजार १२३ यूनिट स्मार्टफोन आयात भएको छ।

बाँकी ५८ मुलुकबाट ३७ करोड ७२ लाख ९६ हजार रुपैयाँ बराबरको ४ हजार ४०२ यूनिट स्मार्टफोन आयात भएको छ।

 

प्रकाशित: ९ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...