रोमानियाको स्मीथ एण्ड स्मीथबाट इसेवा वालेटमा रेमिट्यान्स पठाउँदा नगद जित्ने मौका

Technology Khabar २ बैशाख २०८१, आईतवार

काठमाडौं ।

नयाँ वर्ष २०८१ को अवसरमा रोमानियाबाट स्मीथ एण्ड स्मीथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा  रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु १००,००० जित्ने मौका दिने भएको छ।

यो योजना १३ अप्रिलदेखि लागू भएर १५ जुलाईसम्म मान्य हुने कम्पनीले बताएको छ।

ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको सुनिश्चित पनि गर्ने उल्लेख छ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “स्मीथ एण्ड स्मीथको साझेदारीमा यो योजना सुचारू भए संगै अब रोमानियामा बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई अफर को फाईदा लिन सक्नुहुनेछ।“

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको जनाएको छ।

प्रकाशित: २ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया