नयाँ बर्षसँगै सातै प्रदेशमा पठाओको सेवा सुरु

Technology Khabar १ बैशाख २०८१, शनिबार

काठमाडौं ।

राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ ओटा सहरमा उपलब्ध भएको छ।

यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए।

“स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाडौँ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ,” बस्न्यातले भने।

कोशी प्रदेशका नौ सहरहरू बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा सुरु भएको छ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ। यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानियको माग अनुसार सुदूरपश्चिम प्रदेशको विरेन्द्रनगरमा समेत सेवा बिस्तार गरिएको बस्न्यातले बताए।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको जनाएको छ।

प्रकाशित: १ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया