इलन मस्कको ४० ओटा स्याटेलाइट कसरी नष्ट भयो? वैज्ञानिकले खुलासा गरे २ वर्ष पुरानो रहस्य

Technology Khabar १ बैशाख २०८१, शनिबार

काठमाडौं ।

दुई वर्षअघि इलन मस्कको कम्पनी स्पेसएक्सका साथ अन्तरिक्षमा एउटा घटना घटेको थियो। स्पेसएक्सले फेब्रुअरी २०२२ मा स्टारलिंक भूउपग्रहहरूको ब्याच प्रक्षेपण गर्यो तर लगभग ४० ओटा भूउपग्रहहरू प्रक्षेपण लगत्तै नष्ट भएको थियो।

त्यस समयमा धेरै मानिसहरूले आकाशमा जलिरहेको चीजहरू देखेका थिए। यसअघि यो उल्का पिण्ड हुन सक्ने बताइएको थियो। पछि थाहा भयो कि सबै स्टारलिंकका भूउपग्रहहरू थिए। आखिर ती भूउपग्रहहरूलाई के भयो? तिनीहरू कसरी नस्ट भए? भारतीय अनुसन्धानकर्ताहरूले यी प्रश्नहरूको जवाफ फेला पारेका छन्।

अनुसन्धानकर्ताहरूले अन्तरिक्ष मौसममा परिवर्तन बाहेक अन्य कारणले स्टारलिंक स्याटेलाइटहरू नष्ट भएको बताएका छन्। शोधकर्ताहरूको निष्कर्ष स्पेस वेदर जर्नलमा प्रकाशित भएको छ।

स्टारलिंक इलन मस्कको स्पेस कम्पनी स्पेसएक्सको सहायक कम्पनी हो। यसले विश्वभर स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। स्पेसएक्सले आवधिक रूपमा स्टारलिंक भूउपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा राख्छ, जसको साथमा तिनीहरूमार्फत इन्टरनेट विश्वको हरेक कुनामा पुर्याउन सकिन्छ।

कम्पनीले ३ फेब्रुअरी २०२२ मा अन्तरिक्षमा स्टारलिंक भूउपग्रहहरूको एक ब्याच पनि प्रक्षेपण गर्यो। त्यसपछि, ती मध्ये ४० स्टारलिंक उपग्रहहरू सौर्य आँधीको चपेटामा परेर नष्ट भएको बताईएको थियो। तर, यसको कुनै प्रमाण भेटिएन्।

यस विषयलाई गहिराइमा बुझ्नको लागि, भारतीय विज्ञान, शिक्षा र अनुसन्धान संस्थान, कोलकाताका अनुसन्धानकर्ताहरूको टोलीले नासा र प्रेडिक्टिभ साइन्सेज इंकसँग सहकार्य गर्यो र यसमा सँगै मिलेर काम गरे।

टोलीको उद्देश्य लियो अर्थात लो अर्थ अर्बिटमा प्रचलित अन्तरिक्ष मौसम अवस्था र स्टारलिंक भूउपग्रहहरूको हानिबीचको सम्बन्ध निर्धारण गर्नु थियो। यसमा भूउपग्रहहरु नष्ट हुनुको एउटै कारण हुन नसक्ने अनुसन्धानकर्ताहरुको विश्वास छ। स्टारलिंक भूउपग्रहहरू कयौं कारकहरूको संयोजनको कारणले नष्ट भएको थियो।

त्यतिबेला अन्तरिक्षको मौसममा मात्रै गडबड नभएर उच्च घनत्वयुक्त पृथ्वीको तल्लो कक्षमा स्याटेलाइटहरूलाई समायोजन गर्न केही कठिनाइ भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

यसबारे विस्तृत अध्ययन गर्नुपर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।

प्रकाशित: १ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया