Technology Khabar २७ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
चीनको केन्द्रीय बैंकले देशको विज्ञान र प्रविधि क्षेत्रहरूलाई सहयोग गर्न ५०० अर्ब युआन (७० बिलियन अमेरिकी डलर) को रिलेन्डिङ प्रोग्राम (पुनः ऋण कार्यक्रम) स्थापना गर्ने भएको छ।
उक्त कार्यक्रमले २१ ओटा बैंकहरु मार्फत साना तथा मझौला प्रविधि कम्पनीहरुलाई १.७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ। एक वर्षको ऋण दुई पटक विस्तार गर्न सकिनेछ र प्रत्येक पटक एक वर्षसम्म हुने जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
चीनका नीतिनिर्माताहरूले तरलतालाई बढावा दिन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा प्रपर्टि काइसिस (अर्थिक सङ्कट) र प्रमुख व्यापारिक साझेदारहरूसँगको तनावको बीचमा विश्वास बढाउन खोजेको रोयटर्सले रिपोर्टमा भनेको छ।
प्रकाशित: २७ चैत्र २०८०, मंगलवार