Technology Khabar २५ चैत्र २०८०, आईतवार
काठमाडौं ।
पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गरेको छ। सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछि काठमाडौँबासीलाई त्यही अनुभूति गराउने उद्देश्यले फूड फेस्ट सुरु गरेको कम्पनीले जनाएको छ।
नोस्टाल्जिया मार्केटिङमार्फत ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ’ भन्ने नाराका साथ फूड फेस्ट आयोजना गर्न कम्पनीको भनाइ छ। फेस्टमा पहिले भन्दा अझ धेरै विभिन्न आकर्षक अफर र छुट उपलब्ध गराइएको कम्पनीका मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
पठाओ फूड फेस्ट, २०२४ मा पनि पठाओको आफ्नै पुरानो शैलीमा विभिन्न सोच्नै नसकिने अफरहरु राखिएको छ, जसमा रु १ मा पिज्जा, बर्गर ममः र बिर्यानी लगायत अर्डर गर्न पाइनेछ। फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री लगायतका अफरसँगै अर्डरहरुम ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।
साथै ग्राहकले हरेक अर्डरमा हातै खाली नजाने स्क्रयाच कार्ड पनि पाउनेछन्। जसमा ग्राहकले हरेक फेस्टका पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचारहरु जित्न सक्ने बताईएको छ।
फूड फेस्टको अवधिमा हरेक साता लक्की ड्रमार्फत साप्ताहिक विजेता घोषणा गरिनेछ । विजेताले फुड फेस्टको पार्टनर कम्पनीबाट विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त गर्नेछन्।
सो अवधिमा फुड डेलिभरी गर्ने पठाओ हिरोहरु मध्ये १० जनाले एयरबर्ड, डोल्पोको ज्याकेट र ट्राउजरसँगै न्यु मिउको चस्मा पाउनेछन् । त्यस्तै बम्परमा २ जना पठाओ हिरोले आल्मुनियम गेयर साइकल र नगद उपहार समेत प्राप्त गर्नेछन्।
साथै हरेक साता एक जना भाग्यशाली ग्राहकले ‘मिनिसो ३० सेकेन्ड च्यालेन्ज विथ पठाओ सपिङ’ गर्न पाउनेछन् ।
त्यस्तै एक जना लक्की बिजेताले फूड फेस्टको अन्तिम साता अप्रिल २०–२६ मा भने ब्लेसको सिभिल मलको आउटलेटमा पनि ३० सेकेन्डका लागि निःशुल्क सपिङ गर्न पाइनेछन् ।
साथै बम्पर प्राइजअन्तर्गत एक भाग्यशाली विजेताले आईफोन १५ जित्न सक्ने अवसर छ। साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषण सामाजिक सञ्जालमार्फत गरिनेछ । साप्ताहिक तथा बम्पर विजेता भने अभियानका क्रममा धेरै अर्डर गर्ने ग्राहकबाट चयन गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: २५ चैत्र २०८०, आईतवार