चन्द्रमाको लागि नयाँ समय क्षेत्र बनाउन नासालाई ह्वाइट हाउसको आग्रह

Technology Khabar २५ चैत्र २०८०, आईतवार

काठमाडौं ।

ह्वाइट हाउसले सन् २०२६ सम्ममा चन्द्रमाको लागि नयाँ समय मानक सिर्जना गर्न नासालाई निर्देशन दिने नीतिसहितको डकुमेन्ट प्रकाशित गरेको छ।

कोर्डिनेटेड लुनार टाइम (एलटीसी) ले भविष्यको लुनार (चन्द्र) मिसनहरूका लागि मार्गदर्शन गर्न मद्दत गर्ने आधिकारिक टाइम रिफ्रेन्स स्थापना गर्ने जनाइएको छ। यो अमेरिका, चीन, जापान, भारत र रुस बीच देखा परेको २१ औं शताब्दीको अन्तरिक्ष दौडको बेलामा आइपुगेको छ।

उक्त मेमोले नासालाई सन् २०२६ को डिसेम्बर ३१ सम्ममा एलटीसीलाई व्यवहारमा ल्याउने गरी रणनीति योजना बनाउन डिपार्टमेन्ट अफ कमर्स, डिफेन्स, स्टेट एण्ड ट्रान्सपोर्टेशन (वाणिज्य, रक्षा, राज्य र यातायात विभागहरू) सँग काम गर्न निर्देशन दिएको रोयटर्सले रिपोर्ट गरेको छ।

यसमा विशेष गरी आर्टेमिस सम्झौतामा हस्ताक्षर गर्नेहरूसँग अन्तर्राष्ट्रिय सहयोगले पनि भूमिका खेल्ने उल्लेख गरिएको छ।

अन्तरिक्ष अन्वेषण र सञ्चालन सिद्धान्तहरू शासन गर्ने (हाल) ३७ देशहरूको बढ्दो सूची बीच साझा सिद्धान्तहरूको समूह सन् २०२० मा स्थापित भएको थियो। यद्यपि चीन र रुस भने उक्त समूहमा छैनन्।

“नासा, निजी कम्पनीहरू र विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले चन्द्रमा, मंगल र त्यसभन्दा बाहिरका लागि मिशनहरू प्रक्षेपण गर्दा, हामीले सुरक्षा र सटीकताको लागि सेलेस्चल टाइम स्ट्याण्डर्ड (खगोलीय समय मापदण्ड) स्थापना गर्नु महत्त्वपूर्ण छ,” अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ओएसटीपी उपनिर्देशक स्टीभ वेल्बीले प्रेस विज्ञप्तिमा भनेका छन्।

“अन्तरिक्षमा अपरेटरहरू बीचको समयको एक कन्सिस्टेन्ट डेफिनेसन (सुसंगत परिभाषा) सफल अन्तरिक्ष परिस्थितिगत जागरूकता क्षमताहरू, नेभिगेसन, र संचारको लागि महत्वपूर्ण छ, ती सबै अमेरिकी सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूसँग अन्तरसञ्चालन सक्षम गर्न आधारभूत छन्” उनले थपे।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले गति र गुरुत्वाकर्षणको सापेक्षमा समय परिवर्तन हुन्छ भनेर व्याख्या गर्दछ। चन्द्रमाको कमजोर गुरुत्वाकर्षण (र पृथ्वी र यस बीचको गति भिन्नता) लाई ध्यानमा राख्दा, त्यहाँ समय केहि छिटो सर्ने उल्लेख छ। त्यसैले चन्द्रमाको सतहमा पृथ्वीमा आधारित घडीले प्रति अर्थ डे (पृथ्वी दिन)को औसतमा ५८.७ माइक्रोसेकेन्ड प्राप्त गर्ने थप उल्लेख गरिएको छ।

संयुक्त राज्य अमेरिका र अन्य देशहरूले चन्द्रमा मिसनहरू अनुसन्धान, अन्वेषण र (अन्ततः) स्थायी बसोबासको लागि आधारहरू निर्माण गर्ने योजना बनाउँदा, सिङ्गल स्ट्याण्डर्ड (एकल मानक) को प्रयोगले तिनीहरूलाई सटीक समयमा चाहिने प्रविधि र मिसनहरू सिङ्क्रोनाइज गर्न मद्दत गर्ने बताईएको छ।

“पृथ्वीमा हामीसँग भएको एउटै घडी चन्द्रमामा फरक गतिमा चल्नेछ” नासाका अन्तरिक्ष सञ्चार तथा नेभिगेसन प्रमुख केभिन कोगिन्सले बताए, “वाशिंगटनमा रहेको यूएस नेभल अब्जर्भेटरीमा परमाणु घडीहरूको बारेमा सोच्नुहोस्। तिनीहरू राष्ट्रको मुटुको धड्कन हुन् र तिनीहरूले सबै कुरा सिंक्रोनाइज गर्दछ। त्यस्तै चन्द्रमामा पनि मुटुको धड्कन चाहन्छौँ।”

ह्वाइट हाउसले पृथ्वीका सबै समय क्षेत्रहरू मापन गरिने कोर्डिनेटेड युनिभर्सल टाइम (यूटीसी) मानकसँग एलटीसीले समन्वय गरोस् भन्ने चाहेको रिपोर्टमा छ। साथै यसको मेमोले नयाँ समय क्षेत्रले सही नेभिगेसन र वैज्ञानिक प्रयासहरू सक्षम पार्न चाहेको छ। त्यसका साथै यसले एलटीसीलाई “पृथ्वी–चन्द्र प्रणाली भन्दा बाहिर” अन्तरिक्ष वातावरणको लागि स्केलेबिलिटी प्रदान गर्दा पृथ्वीसँग सम्पर्क गुमाएमा लचिलोपन कायम राखोस् भन्ने चाहन्छ।

नासाको आर्टेमिस कार्यक्रमले सन् १९६० र ७० को दशकको अपोलो मिसनहरूपछि पहिलो पटक चन्द्रमामा चालक दलका मिसनहरू पठाउने लक्ष्य राखेको छ।

विश्वका दुई प्रमुख विश्वव्यापी महाशक्तिहरूले आफ्नो दौड अन्तरिक्षमा लैजाने क्रममा छन् । अमेरिका बाहेक, चीनले सन् २०३० भन्दा पहिले चन्द्रमामा अन्तरिक्ष यात्रीहरू अवतरण गराउने लक्ष्य राखेको छ।

प्रकाशित: २५ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया