सबै विमानस्थलमा उच्च स्तरको निशुल्क वाईफाई सेवा, एक महिनाभित्रै त्रिभुवन विमानस्थलमा पाईने

  • Technology Khabar | १८ जेष्ठ २०७५, शुक्रबार
सबै विमानस्थलमा उच्च स्तरको निशुल्क वाईफाई सेवा, एक महिनाभित्रै त्रिभुवन विमानस्थलमा पाईने

काठमाडौं ।

काठमाडौं । सरकारले देशका सम्पूर्ण विमानस्थलमा निशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उच्च स्तरको वाईफाई सेवा उपलब्ध गराउन निर्देशन दिएपछि फ्रि वाईफाई सेवा संचालनमा आउन लागेको हो।

बिहीबार मन्त्रालयमा भएको छलफलअनुसार सबैभन्दा पहिला त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट निशुल्क वाईफाई सेवा शुरु गरिने छ । मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलको आन्तरिक विमानस्थलमा अबको १ महिना भित्रै सो सेवा उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ।

१ महिना भित्र त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा सेवा सुरु गर्न सम्भवत तत्काल टेण्डर आह्वान गरिने र निजी आईएसपीहरुबाट वाईफाई सेवा लिने मन्त्रालयको भनाई छ ।

देशका अन्य विमानस्थलहरुमा निशुल्क वाईफाई सेवा क्रमैसंग बिस्तार गर्ने योजना मन्त्रालयको छ ।

प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार