साइबर अपराध बढ्दै

Technology Khabar २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

सरुना क्षेत्री (नाम परिबर्तन) कक्षा ११ मा अध्ययन गर्दै छिन्। उनले केही महिनायतादेखि ह्वाट्सएपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बरै ब्लक गरिदिईन्। तर फेरि अर्को नम्बरबाट त्यसै गरी म्यासेज आउने क्रम जारी रह्यो। उनले भनिन, “डर लागेर मैले जबाफ दिएको छैन, कुरा पनि गरेको छैन तर जति ओटा नम्बर ब्लक गरेपनि फेरि त्यसैगरी आइरहन्छ।”

त्यस्तै सबिता राना (नाम परिवर्तन) पनि उच्च माध्यमिक तहमै अध्ययनरत हुनुहुन्छ। उनको इमो म्यासेन्जरै ह्याक भएर अरूले चलाइरहेको छ। जसकारण उनले अर्को तनाब झेलिरहेकी छिन्।

महिला पत्रकारको संस्था समाहिका समाज नेपालले सोमबार आयोजना गरेको साइबर हिंसा नियन्त्रणसम्बन्धी कार्यशालामा उनीहरूजस्ता विद्यार्थीले पुरुष विद्यार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा अनेकत्वालका सन्देश अरुले दयाग गरेर हैरानी दिएको बताए। त्यसमा जबाफ दिन हुने वा नहुने, दिन परेमा कसरी दिने भन्नेमा अन्योल रहेको रमेश राना (नाम परिवर्तन) ले बताए।

सामाजिक सञ्जालमा जथाभावी सेयर भइरहने फोटो, भिडियो तथा सूचना सही हो या गलत भन्नेमा पनि नयाँ पुस्ताका किशोरकिशोरीलाई थाहा नभएको सिद्धिगणेश माध्यमक विद्यालय सोहखुट्टेका प्राचार्य केशब भण्डारीले बताए।

साइबरजन्य गतिविधिले दैनिक जीवनी र पेसागत कार्यलाई सहज बनाए पनि यसले अनेक चुनौती ल्याइरहेकाले समेत भएर सही सूचना उपयोग गर्नुपर्नेमा संबाहिका समाज नेपालका अध्यक्ष चांदनी हमालले जोड दिईन्।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपक बस्तीले किशोरकिशोरीलाई सहजीकरण गर्दै आफ्नो सामाजिक सञ्जाल या कुनै पनि एप्समा आएका म्यासेज खोल्दै नखोल्न नयाँ र अपरिचित मानिसको साथी बन्ने आग्रहलाई स्वीकार नगर्न सुझाए। उनका अनुसार त्यस्ता व्यक्ति आफ्नो परिचय बदलेर अनेक बहानामा ठगी गर्न र हिंसा गर्न सामाजिक सञ्जालमा सक्रिय हुन्छन्।

कारणबस त्यस्तो उगी बा हिंसामा परिहाल्यो भने आफ्नो आमाबुवासँग भन्न सुझाए। अभिभावकसँग डर या अप्ठ्यारो लागेमा विद्यालयका शिक्षक, शिक्षिका वा मिल्ने साथीसँग भए पनि त्यस्ता कुरा भन्न पनि उनले सुझाए।

स्मार्ट फोनको पहुँचमा रहेका किशोरकिशोरीको कलिलो मानसिकता प्रयोग गर्न त्यस्ता गिरोड सक्रिय रहेकाले सतर्क रहेर आफ्ना बालबालिका र
छात्रछात्रालाई साइबर हिंसा. साइबर अपराधबारे बारम्बार प्रशिक्षित गरिरहन पनि प्रवक्ता बस्तीले आग्रह गरे। उनले त्यस्ता थुप्रै अपराधका उजुरी प्रहरीमा परेको उनले जानकारी दिए।

पछिल्लो समय विभिन्न नम्बरबाट इसेबा वा कनेक्ट आइपिएसको नाम लिएर मिठ्ठा परेको छ भनी पठाएको लिंकमा क्लिक गरेर अरूलाई पठाउनुहोस् भन्नेजस्ता स्क्याममा वयस्कसँगै किशोरकिशोरी पनि परिरहेका छन्।

त्यस्तै मिठा परेकाले लिनका लागि भाडा या ढुवानी खर्च पठाउनुहोस् भन्ने फोन कलमार्फत आवश्यक कागजपत्र मागेर नागरिकको गोप्य सामग्रीका सूचना चोरी हुने गरेका छन्।

साइबर अपराधका रूपमा अनलाइन उगी साइबर बुलिङ, साइबर हिंसा, इयाकिङ, अनलाइन सुरक्षा चुनौतीसँगै साइबर आक्रमण बढेको साइबर ब्युरोले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया