
काठमाडौं ।
नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक लिमिटेडका बिच “नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता” का बारेमा अध्ययन गर्नका लागि आज एक सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे।
सम्झौताअनुसार नेशनल बैकिङ्ग इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ।
नेपालमा बैंक तथा वित्तिय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरुको सहभागितामा स्थापित इन्स्टिच्युटले विभिन्न कार्यक्रमहरु जस्तैः तालिम, सर्टिफिकेशन कोर्ष, सेमिनार,कार्यशाला, गोष्ठि आदि संचालन गर्दै आइरहेकोमा हालका दिनहरुमा अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार