Technology Khabar १३ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
यो कानुनले सामाजिक सञ्जालमा खाता खोल्नको लागि १४ र १५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था पनि गरेको छ।
यसले ‘अभिभावकहरूलाई आफ्ना बच्चालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ। सामाजिक सञ्जालमा बालबालिकालाई अनुपयुक्त साइटहरूमा पहुँच रोक्नको लागि वेबसाइटहरूको आवश्यकता रहेको छ।
सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ।
नयाँ कानुनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुइजियाना, ओहायो र युटापछि फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियमहरू लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ।
सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानुनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्नेे नकारात्मक असरलाई रोक्नेछ वकिलहरूको तर्क रहेको छ।
हालै पारित नयाँ कानूनले अन्य राज्यहरूमा पहिले नै चलिरहेको चुनौतीहरूको जस्तै कानुनी विरोधको सामना गर्नसक्ने विश्वास गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: १३ चैत्र २०८०, मंगलवार