गणतन्त्र दिवसको अवसरमा गूगलको विशेष डुडल, सगरमाथासहितको डुडल यस्तो छ

Technology Khabar १५ जेष्ठ २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । आज जेठ १५ गते विभिन्न कार्यक्रम गरेर मुलुकभर मनाईरहेको गणतन्त्र दिवसलाई गूगलले पनि आधिकारिक रुपमा मनाएको छ । गूगलले आज गणतन्त्र दिवसको अवसर पारेर गूगल डुडल बनाएर यस दिवसलाई मनाएको हो ।

आजको गूगल डुडलमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई बीचमा राखिएको छ भने त्यसको दुबै भागमा रंगीचंगी ध्वजापताकाहरु राखिएको छ । गूगलले यसलाई निलो रंगको पृष्ठभूमीमा राखेर सगरमाथाको तस्विर मुनि गूगल लेखिएको छ ।

गूगलले विश्वभर यस्तो प्रकारको डुडल बनाएर निश्चित दिन तथा उत्सवहरुलाई मनाउने गरेको छ ।

त्यसैगरि पछिल्ला दिनहरुमा गूगलले विभिन्न देशहरुको बारेमा कष्टमाईजेसन गरेर उत्सव तथा दिवसहरुको डुडल बनाएर स्मरण गर्ने गरेको छ ।

सो डुडलमा क्लिक गरेर नेपालको गणतन्त्र दिवस बारेमा थप जानकारीहरु समेत लिन सकिन्छ ।

प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया