Technology Khabar १२ चैत्र २०८०, सोमबार
काठमाडौं ।
भारतीय स्वदेशी अन्तरिक्ष यान ‘पुष्पक’ विमानको उडान सफल सावित भएको छ। इसरोले तयार पारेको पुष्पक नामक विमान भारतको पुन: प्रयोगयोग्य रकेट खण्डमा ठूलो सफलता हो।
इसरोले दिएको जानकारीअनुसार यसलाई कर्नाटकको धावनमार्गबाट आर्मीको हेलिकप्टरले उडाएको थियो। विमानलाई आकाशमा ४ दशमलव ५ किलोमिटर उचाइमा लगेर छाडिएको थियो।
पुष्पकमा पंखाको प्रयोग गरिएको छ। हेलिकप्टरबाट छाडेपछि यो आफैं धावनमार्गमा फर्किएको थियो।
सफल परीक्षण उडान पछि जानकारी दिँदै, इसरो प्रमुख एस सोमनाथले परिणाम बिल्कुल सही र उत्कृष्ट भएको बताए । पुन: प्रयोज्य रकेट खण्डमा पुष्पक कोशेढुङ्गा साबित हुन गइरहेको छ। पुष्पक (आरएलभी-टीडी) मिशनको बारेमा, इसरोले भन्यो- ‘रकेट अन्तरिक्षबाट सुरक्षित रूपमा फर्कन सफल भएको छ।’
यसमा अप्रोच र हाई स्पीड ल्यान्डिङको परीक्षण गरिएको थियो।
भारतीय वायुसेनाको चिनुक हेलिकप्टरमार्फत पुष्पकलाई हावामा ४ दशमलव ५ किलोमिटर उचाइमा लगिएको थियो। धावनमार्गबाट ४ किलोमिटर टाढा छोडिएको थियो। तर पुष्पक आफै स्वचालितरुपमा ठिक ठाउँमा फर्किएको थियो। यो रनवेमा ठ्याक्कै रोकियो, जसको लागि यसले आफ्नो ब्रेक प्यारासुट र ल्यान्डिङ गियर ब्रेकहरू पनि प्रयोग गर्यो।
प्रतिकूल परिस्थितिमा रोबोट अवतरणका लागि गरिएको पुष्पकको यो तेस्रो परीक्षण उडान थियो। पुष्पक पूर्ण रुपमा सञ्चालनमा आउन केही वर्ष लाग्न सक्ने बताइएको छ। पुष्पकको सफल परीक्षणले भविष्यको अन्तरिक्ष अभियानको लागतमा उल्लेख्य कमी आउने कुरा पुष्टि गर्छ।
यो रकेट बारम्बार प्रयोग गर्न सकिन्छ, जसले लागत धेरै हदसम्म कम गर्नेछ। यसको पहिलो प्रयोगात्मक उडान सन् २०१६ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट भएको थियो। यो सफलतापूर्वक बंगालको खाडीमा भर्चुअल रनवेमा अवतरण भएको थियो। त्यसपछि योजना अनुसार समुन्द्रमा डुब्यो। यसको दोस्रो परीक्षण गत वर्ष अप्रिल २ मा चित्रदुर्ग एरोनटिकल टेस्ट रेन्जमा गरिएको थियो।
प्रकाशित: १२ चैत्र २०८०, सोमबार