Technology Khabar १० चैत्र २०८०, शनिबार
काठमाडौं ।
शैक्षिक क्षेत्रमा क्रियाशिल यस डीभी एजुकेशन ग्रुपअन्तर्गतको सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले प्रभावकारी रुपमा सामाजिक सञ्जाल प्रयोगको बारेमा ‘स्कील डेभलपमेन्ट वर्कसप’ सम्पन्न गरेको छ।
कलेजले कलजेस्तरमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी शुक्रवार धुलिखेलमा उक्त कार्यक्रम गरेको हो।
वर्कसपमा सामाजिक सञ्जालको प्रयोग, यसको उपयोगिता, सामाजिक सञ्जाल प्रयोगमा टेक्नोलोजीको ज्ञान लगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ३ का अध्यक्ष गणेश आचार्यले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सके यसबाट लाभ लिन सकिने भन्दै स्मार्ट फोनलाई स्मार्ट तरिकाले चलाए मात्र स्मार्ट बन्न सकिने विचार राखे।
कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन्। प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माले बताइन् ।
करीब ५० जना सहभागी रहेको कार्यक्रमको सहजीकरण सुफल काफ्ले र आनन्द कर्णले गरेका थिए।
प्रकाशित: १० चैत्र २०८०, शनिबार