मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या

Technology Khabar ९ चैत्र २०८०, शुक्रबार

मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या
सांकेतिक तस्विर

काठमाडौं ।

मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुई जनाले साथीको हत्या गरेका छन्। धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए।

उनले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता अवाले बताए। गोरखापत्रबाट

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया