एनसेलले ल्यायो सन्देशमूलक फागु विशेष भिडियो

  • Technology Khabar | ८ चैत्र २०८०, बिहीबार
एनसेलले ल्यायो सन्देशमूलक फागु विशेष भिडियो

काठमाडौं ।

एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले  यो भिडियो सन्देश बनाएको हो।

आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्वमध्ये एक हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक बिस्तारै हराउँदै गएको छ । छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमाहरू एक्ला हुन्छन् । यही कमी महसुस गरेर एनसेलले यो भिडियो बनाएको जनाएको छ।

भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ।

सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिनेछ।

प्रकाशित: ८ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...