शाओमी आगामी मिक्स फ्लिपको फिचर लीक

Technology Khabar ७ चैत्र २०८०, बुधबार

काठमाडौं ।

शाओमी चाँडै आफ्नो ‘मिक्स फ्लिप’ लन्च गर्नका लागि तयारी गरिरहेको छ। हरेक दिन आगामी फोनको नयाँ विवरणहरू बाहिरिनुका साथै यसले धेरै ध्यान खिचेको छ।

मिक्स फोल्ड ४ विश्वभर बिक्री गरिने यसअघि अनुमान गरिएतापनि उक्त फोन अब चीनमा मात्र उपलब्ध हुने उल्लेख छ। अर्कोतर्फ, मिक्स फ्लिप विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।

शाओमीले मिक्स फ्लिप पहिलो पटक सन् २०२१ मा विकसित गरेको थियो भने कम्पनीले पछि गएर यसको उत्पादन रोकेको थियो।

हाल, शाओमीले नयाँ फोनमा काम गरिरहेको र मे महिनामा आधिकारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ।

यसै क्रममा मिक्स फ्लिपको बारेमा केहि विवरण लीक भएको उल्लेख गरिएको छ। यसमा “२४०५सीपीएक्स३डीजी/२४०५सीपीएक्स३डीसी” मोडल नम्बरहरू रहने र यसको कोडनेम “आरयुइ” हुने जनाइएको छ। साथै आन्तरिक रूपमा यसलाई “एन ८” को रूपमा पनि चिनिने गरिएको उल्लेख छ। शाओमीले सामान्यतया मिक्स सिरिजका डिभाइसहरूमा “८” नम्बर तोक्ने गरेको छ। पछिल्लो मिक्स ४ मा अन्डर–डिस्प्ले क्यामरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका थिए भने यो केवल चीनमा मात्र बिक्री गरिएको थियो।

त्यसैगरी नयाँ मिक्स फ्लिपमा स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरका साथै पछाडि डुअल क्यामरा सेटअप हुने जनाइएको छ। क्यामराको मुनि एउटा सानो स्क्रिन पनि रहने छ। यसको एक अनुमानित तस्बिर पनि बाहिरिएको तर आधिकारिक नभएको बताईएको छ।

प्रकाशित: ७ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया