Technology Khabar ७ चैत्र २०८०, बुधबार
काठमाडौं ।
सामसङले आइतबार चीनमा होम एप्लाइन्सेज प्रोडक्ट (घरेलु उपकरण उत्पादन) अन्तरगत आफ्नो २०२४ लाइनअपको माइक्रो एलईडी, निओ क्यूएलईडी र ओएलईडी टिभीहरू लन्च गरेको छ।
सामसङ र अन्य जायन्टहरूका हालैका धेरै लन्च सम्मेलनहरू जस्तै उक्त सम्मेलन पनि विशेष रुपमा एआईमा केन्द्रित रहेको थियो। सामसङको
२०२४ माइक्रो एलईडी लाइनअप ७६/८९/१०१/११४ इन्च गरी चार फरक साइज अप्सनहरूसमा आउने जनाइएको छ भने यस वर्ष ७६ इन्च र ११४ इन्चको टिभी नयाँ थप गरिएको उल्लेख छ।
यस वर्षको टिभी लाइनअपका प्यानलहरू कथित रूपमा सफायर र इनअर्गेनिक (अजैविक) सेल्फ–लुमिनियस पिक्सेलबाट बनेका र ती “माइक्रो कन्ट्रास्ट टेक्नोलोजी“ सँग आउने भएकाले त्यसले सार्पनेस बढाउनेछ। साथै लाइनअपले ६५,५३६ लेभल्स (स्तर) को कन्ट्रोल प्रिसिजन (नियन्त्रण परिशुद्धता) को साथ “माइक्रो कलर” पनि प्रदान गर्ने थप उल्लेख गरिएको छ।
यसका बाहेक, टिभीहरू ओटीएस प्रो अडियो र भिडियो ट्र्याकिङ टेक्नोलोजी (प्रविधि) सँग आउनेछ। डल्बी एटमोससहित बिल्ट–इन ६.२.२ च्यानलको समर्थनको साथ यसले “३डी फुल सराउण्ड साउण्ड” इफेक्ट सिर्जना गर्नेछ।
साथै यसले “क्यू सिम्फनी” फङ्गसन पनि प्रदान गर्दछ जसले टिभी र साउन्ड बारहरूलाई कोअर्डिनेटेड साउण्ड (समन्वयित ध्वनि) प्राप्त गर्न सक्षम पार्ने दाबी गरिएको छ। सामसङले “एनक्यू८ एआई जेन ३” प्रोसेसरलाई अपस्केलिङ र अन्य एआई–आधारित एन्हान्समेन्टहरू गर्नका लागि प्रयोग गरिरहेको छ।
सामसङले उल्लेखनीय रूपमा ८के एआई अपस्केलिङ प्रो, एआई मोशन एन्हान्सर र अन्य फिचर्स यी नयाँ प्रोडक्टहरूका साथ “एआई स्क्रिन एरा” सुरु गर्ने लक्ष्य राखेको छ। यी टिभीहरुको ७६ इन्चको शुरुवाती मूल्य ६५०,००० चिनियाँ युआन (९०,२९९ अमेरिकी डलर) देखि शुरु हुनेछ।
प्रकाशित: ७ चैत्र २०८०, बुधबार