एप्पलले आईफोनमा गुगलको जेमिनी एआई प्रयोग गर्ने विचार गर्दै: रिपोर्ट

Technology Khabar ६ चैत्र २०८०, मंगलवार

काठमाडौं ।

आगामी आईओएस १८ रिलिजलाई आईफोन सफ्टवेयर इतिहासको सबैभन्दा ठूलो अपडेटको रूपमा प्रचार गरिएको छ, जसमा जेनरेटिभ एआई सुविधाहरू आईफोनहरूमा समावेश गरिन लागेको छ। एप्पलले आईओएसमा जेनेरेटिभ एआई थप्नका लागि कस्तो तरिका अपनाउने भनेर लामो समयदेखि रहेको अफवाहहरुको सम्भावित उत्तरको रुपमा गुगल जेमिनी आएको हो।

ब्लुमबर्गले रिपोर्ट गरेअनुसार जेमिनी जेनेरेटिभ एआई मोडलहरुको इजाजतपत्रका लागि एप्पल गुगलसँग सक्रिय कुराकानी गरिरहेको छ। साथै एप्पलले कथित रूपमा ओपनएआई र यसको जीपीटी सिरिज मोडललाई पनि प्रयोग गर्ने विचार गरिरहेको उल्लेख छ।

नयाँ रिपोर्टका अनुसार, एप्पलले आफ्नै लार्ज ल्याङ्गवेज मोडल (एलएलएम) मा विकसित नयाँ एआई फिचर्स ल्याउनेछ, जसमध्ये एउटाको कोडनेम ‘आयक्स’ रहेको छ। यसलाई तालिमको लागि एप्पलको दिनमा “मिलियन डलर” खर्च भईरहेको जनाइएको छ। तर क्युपर्टिनोले आईओएस १८ मा आउँदै गरेको जेनेरेटिभ एआई सुविधाहरूको लागि इजाजतपत्रको मार्गमा जाने सम्भावना रहेको उल्लेख छ।

एप्पल र गुगलसँग पहिले नै बिग सर्च इन्जिन सम्झौता भइसकेको छ, जसले एप्पललाई प्रति वर्ष १८ बिलियन अमेरिकी डलर भन्दा माथि उठाउनका लागि मद्दत गरिरहेको छ। यद्यपि, एप्पलले आईओएस १८ अनावरण गर्न तय गरिएको जुन महिनाको डब्लूडब्लूडीसी अघि कुनै पनि घोषणाको नहुने बताईएको छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया