विशेष अदालतको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने योजना, अनलाइनबाटै पेसी तारेख लिने व्यवस्था

  • Technology Khabar | २ चैत्र २०८०, शुक्रबार
विशेष अदालतको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने योजना, अनलाइनबाटै पेसी तारेख लिने व्यवस्था

काठमाडौं ।

विशेष अदालतले आफ्नो सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने योजना गरेको छ। भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले आफ्नो सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवरले त्यसका लागि सर्वोच्च अदालतसँग छलफल भइरहेको र चाँडै नै अनुमति लिएर केही विशेष प्रकृतिका मुद्दाहरूमा प्रत्यक्ष प्रसारण गर्ने बताएका छन्।

यसका साथै केही दिनमै बकपत्र, पेसी तारेख आदिका लागि विशेष अदालतमै धाउनुपर्ने दिनको अन्त्य हुने समेत बताईएको छ। यसमा, जिल्ला अदालतबाट अनलाइनबाटै बकपत्र गर्ने र पेसी तारेख लिने तथा बहस समेत अनलाइनबाटै गर्न मिल्ने गरी तयारी भएको अदालतले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार