एनसेल प्रकरणमा खरबौं भ्रष्ट्राचार भएको भन्दै छानबिन गर्न एमाले सांसद गैरेको माग

  • Technology Khabar | १ चैत्र २०८०, बिहीबार
एनसेल प्रकरणमा खरबौं भ्रष्ट्राचार भएको भन्दै छानबिन गर्न एमाले सांसद गैरेको माग

काठमाडौं ।

सरकारले एनसेल आजियाटा लिमिटेडमा भएको अरबौंको घोटालालाई छानबिन गर्नुपर्ने नेकपा एमालेका सांसद ठाकुर गैरेले माग गरेका छन्।

सांसद गैरेले आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा दलिय प्रतिनिधिको रुपमा बोल्दै एनसेल प्रकरणको घोटालालाई सरकारले छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले भने “एनसेलमा अरबौं होईन खरबको भ्रष्ट्राचारको विषय बनेको छ।एनसेलको बारेमा आएको छानबिन प्रतिवेदनको आधारमा कारबाही गर्नुपर्छ। त्यो प्रतिवेदनको आधारमा हुनुपर्ने असुल उपर र त्यसमा संलग्नहरुलाई हुनुपर्ने कारबाहीमा कुनै कमजोरी नहुने र हाम्रो अपेक्षालाई पुरा गर्नेछ भन्ने चाहन्छु।”

यसका साथै उनले अन्य ठगी तस्कर र घोटालाहरुको पनि छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखे।

प्रकाशित: १ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...